दफा ५१२
करार भएको ठाउँ

(१) प्रस्तावकले जुन ठाउँमा स्वीकृति पाउनका लागि प्रस्ताव पठाएको हो सोही ठाउँलाई करार भएको ठाउँ मानिनेछ ।
(२) उपदफा (१) बमोजिम ठाउँ नखुलाइएको अवस्थामा प्रस्तावकले स्वीकृति पाएको ठाउँलाई करार भएको ठाउँ मानिनेछ ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि पक्षहरूले करारमा करार भएको ठाउँ उल्लेख गरेकोमा सोही ठाउँलाई करार भएको ठाँउ मानिनेछ ।